काठमाडौँ : महान्यायाधिवक्ताको कार्यालयले पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध परेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिन स्वीकृत दिने निर्णय गरेको छ।
महान्यायाधिवक्ता सविता भण्डारीले आजै उक्त मुद्दा फिर्ता दिन स्वीकृत दिने निर्णय गरेकी हुन्।
अभियोग फिर्ता लिन सम्बन्धित सरकारी वकिल कार्यालयहरूलाई स्वीकृति दिएसँगै अब ती कार्यालयहरूले आवश्यक प्रक्रिया अघि बढाउने छ।
उनीविरुद्ध कास्की, रुपन्देही, काठमाडौँ र पर्सामा संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग दर्ता भएको छ।
अब यो स्वीकृतिसँगै ती जिल्लाका सरकारी वकिल कार्यालयले उक्त मुद्दा फिर्ता लिने छन्।
सहकारी ठगीको मुद्दा भने यथावत रहने छ।

प्रकाशित मिति : बुधबार, पुष ३० २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्