काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दिए राजीनामा

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दिए राजीनामा

काठमाडौँ : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले आज राजीनामा दिएका छन्।

साहले महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा पत्र बुझाएको महानगरपालिकाका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले  जानकारी दिए। उनले भने, ‘बालेन साहले उपप्रमुखसमक्ष राजीनामा पत्र पेश गरिसक्नु भएको छ।’

वरिष्ठ नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका उनी नेकपा एमालेका अध्यक्ष एवं पूवप्रधानमन्त्रीको निर्वाचन क्षेत्र ‘झापा क्षेत्र नम्बर ५’ बाट प्रतिनिधिसभा निर्वाचन लड्दै छन्। त्यसका लागि रास्वपाले झापामा सम्पर्क कार्यालय स्थापना गरिसकेको छ।

इन्जिनियर विषय अध्ययन गरी र्‍यापरको छवि बनाएका बालेन २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदर भएर लोकप्रिय मत ६१ हजार ७६७ मत ल्याएर काठमाडौँ महानगरको मेयरमा निर्वाचित भएका थिए।

उनी लौरो चुनाव चिह्न लिएर चुनावी मैदानमा थिए। उनले ०७९ जेठ १६ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै महानगरको बागडोर सम्हालेका थिए।

काठमाडौँ महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेले पनि माघ २ गते नै राजीनामा दिएका छन्। पाण्डे पनि बालेनले एकता गरेको रास्वपा पार्टीबाटै काठमाडौंबाट चुनाव लड्ने चर्चा छ।

प्रकाशित मिति : आइतबार, माघ ४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij