सानेपामा आज कांग्रेस केन्द्रीय समिति बैठक : मूल एजेण्डा चुनाव

सानेपामा आज कांग्रेस केन्द्रीय समिति बैठक : मूल एजेण्डा चुनाव

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज दिउँसो १ बजे बस्दैछ ।

विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिले पहिलो पटक पार्टी मुख्यालय सानेपामा बैठक राखेको छ ।

आजको बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा होमिने निर्णय गर्ने तयारी गरेको छ । त्यस्तै चुनावी परिणाम आफ्नो पक्षमा पार्न कार्यतालिका बनाएर आवश्यक योजना र रणनीतिका साथ अघि बढ्ने नेताहरूले बताएका छन् ।

कांग्रेसका सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले निर्वाचनको तयारीबारे बैठकले निर्णय लिने बताए ।

कांग्रेसले १० गते चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : शुक्रबार, माघ ९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij