बुटवल । राष्ट्रिय जनमोर्चा नेपालले बुधबार बुटवलबाट ४० पेज लामो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । विभिन्न २५ बुँदामा समावेश गरिएको घोषणापत्रले वर्तमान सरकारलाई अवैधानिक मान्दै संविधान रक्षा र राष्ट्रियताका लागि एक जुट हुनुपर्ने बेला आएको कुरालाई जोड दिएको छ ।
घोषणापत्र सार्वजनिक गर्दै जनमोर्चा अध्यक्ष चित्रबहादुर कार्कीले विदेशी शक्ति राष्ट्रहरुको बलमा संविधान र राष्ट्रलाईनै समाप्त पार्न खोजिएको आरोप लगाएका छन् । “वर्तमान सरकार वैधानिक छैन, एनजीओ/आईएनजीओले बनाइदिएको सरकार हो ।”- अध्यक्ष कार्कीले भने, “यो अवस्था आउनुमा राजनीतिक दलहरुको पनि कमजोरी छ । विदेशी शक्तिलेहरुले आफ्ना उद्देश्यहरु पूरा नहुने भएपछि जेनजी आन्दोलनका नाममा सरकार परिवर्तन गरि एनजीओका प्रतिनिधिहरुलाई सरकारमा पठाएका हुन् ।”
नेपालको ईतिहासमा यति ठूलो संकट अहिलेसम्म नआएको उल्लेख गर्दै उनले देशको राष्ट्रियतानै अप्ठ्यारोमा परेको बताए । “राजनीतिक पार्टीहरुले जसरी जनताका लागि काम गर्नुपर्थ्यो त्यो नगर्दा यो स्थिती आएको हो ।”- केसीले भने, विगतका गल्ती कमजोरीलाई सुधारेर दलहरु अब अघि जानुपर्छ ।
नयाँ दलहरुप्रति टिप्पणी गर्दै उनले भने, “नयाँ जोगीले खरानी झन धेरै घसेर आएका छन् । यदी उनीहरुको हातमा यो मुलुक गयो भने, संविधान मात्र होइन राष्ट्र पनि रहने छैन ।” विभिन्न एनजिओ/आईएनजीओमा लाभ लिइरहेका व्यक्तिहरुले विलेशी शक्ति राष्ट्रको खेलमा नेपाली जनतालाई भ्रममा पार्न खोजेको उनको आरोप छ । नयाँ र परिवर्तनको नाममा कृतिम कुरा गरेर राष्टेरमाथि हमला बोल्ने काम भएको उनले बताए ।
प्रकाशित मिति : बुधबार, माघ १४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्