चुनावअघि कुनै गठबन्धन हुँदैन : कांग्रेस

चुनावअघि कुनै गठबन्धन हुँदैन : कांग्रेस

 

काठमाण्डाै – नेपाली कांग्रेसले चुनावअघि कुनै पनि दलसँग गठबन्धन नगर्ने बताएकाे छ । कांग्रेस केन्द्रीय प्रचारप्रसार समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले पार्टीले एक्लै चुनावी प्रतिस्पर्धा गर्न लागेकाे र सबै १ सय ६५ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार कायम रहेको जानकारी दिनुभयो ।

प्रवक्ता चालिसेले पार्टी पूर्णरूपमा चुनावी प्रक्रियामा केन्द्रित रहेको बताउनुभयो । उहाँले संसद् पुनर्स्थापनालगायतका विषयमा चलेका हल्लाहरूको विषयमा पार्टीको कुनै टिप्पणी नभएको उल्लेख गर्नुभयाे ।

उहाँले भन्नुभयाे, ‘हामी सम्पूर्ण रूपमा चुनावी प्रणालीमा गइरहेका छाैँ । हामी चुनावमा नै विश्वास गर्छाैँ । पार्टीले सम्पूर्ण शक्ति चुनावमा लगाएको छ । यही बीचमा कतिपय भेटघाट, अदालती कुरालाई लिएर अन्यन्त्र ध्यान मोड्ने कुरामा हाम्रो कुनै टिप्पणी छैन । चुनावअघि हाम्रो कसैसँग कुनै किसिमको गठबन्धन हुँदैन ।’

चालिसेले स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा मतदान तथा प्रचारप्रसार गर्न पाउनु नागरिक र राजनीतिक दलको अधिकार भएको उल्लेख गर्दै त्यसको व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभयो

प्रकाशित मिति : बिहिबार, माघ २२ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij