बुटवलको जितेश्वरी दुर्गा मन्दिरमा धनधान्याञ्चल महायज्ञ सुरु

बुटवलको जितेश्वरी दुर्गा मन्दिरमा धनधान्याञ्चल महायज्ञ सुरु

बुटवल , बुटवलस्थित जितेश्वरी दुर्गा मन्दिर ब्यवस्थापन संस्था परिसरमा भविष्य पुराण तथा धान्याचल महायज्ञ २०८२ शुरु भएको छ ।

उर्वरभुमि नेपाल र जय महाकाल युवा समुहको आयोजनामा आईतबार देखी महायज्ञ शुरु भएको हो । शनिबार पत्रकार सम्मेलन गरि उर्वरभुमि नेपालका अध्यक्ष गंगालाल श्रेष्ठले स्वस्थानी समापनसंगै १०८ महापुराण संकल्प अनुसार पवित्र पशुपतिनाथ मन्दिर बाट शुरु भएर देशका विभिन्न स्थानमा भविष्य पुराण तथा धान्यान्चल महायज्ञ गर्ने बताउनुभयो ।

कथावाचक मृदुभाषि युवा पण्डित अच्युत कृष्ण अधिकारीले प्रवचन दिने आयोजकले जानकारी गराएका छन् । देशलाई सतिको श्रापबाट मुक्तिका लागि यो जरुरी रहेको अधिकारीले बताउनुभयो । सति जागृत हुने गरि यो अभियान थालेको उहांले बताउनुभयो । आफु ६ सय केजी तामाबाट निर्माण भएको सतिदेविलाई बोकेर हिडेको महादेवको मुर्ति लिएर देशब्यापी रुपमा यो अभियान चलाएको समेत उहाँले बताउनुभयो।

कार्यक्रममा जितेश्वरी दुर्गा मन्दिर ब्यवस्थापन संस्थाका अध्यक्ष बालकृष्ण गैरे, सचिव ताराप्रसाद गौडेलले महायज्ञ जस्तो पवित्र कर्ममा स्थान उपलब्ध गराएको भन्दै बचत रकमबाट मन्दिरको पूर्वाधारमा सहयोग गर्न आग्रह गर्नुभयो ।

यता आयोजक संस्था जयमहकालका युवा समुह रुपन्देही जिल्लाका अध्यक्ष देवेन्द्र बहादुर केसीले ‘भोकोलाई भोजन, प्यासालाई पानी’ नारासहित आफुहरु संस्थागत रुपमा अघि बढेको उहाँको भनाइ छ । संस्थाबाट बुटवलमा एक दर्जन बढि असहाय र गरिब वृद्घवृद्घाहरुलाई ब्यवस्थापन गर्दै आएको उनले बताए । आश्रम र अक्षयकोष स्थापना गरि सामाजिक कार्यमा अग्रसर हुने योजना रहेको उहाँले बताउनुभयो।

पाठपारायण पंडित नारायण अधिकारीले बिराट महायज्ञमा आईतबार विधिवत पुजाअर्चना र झाँकी र र्‍याली समेत भएको जनाउनुभएको छ । कार्यक्रममा महाकालका जिल्ला संयोजक प्रदिप पोखरेलले हिन्दु धर्म रक्षा र समाजसेवाको भावनाका साथ आफुहरु लागेको बताए ।

प्रकाशित मिति : आइतबार, माघ २५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij