भैरहवा–निर्बाचनको गतिबिधि बढ्न थाले सङगै रुपन्देहीमा निर्बाचन आचारसंहिता उल्लघंनका उजुरी पनि बढ्दै जान थालेका छन् । यद्यपी गम्भिर प्रकृतिका निर्बाचन आचार संहिता उल्लघंनका घटनाको उजुरी भने मुख्य निर्बाचन अधिकृतको कार्यालय समक्ष नआएको सम्बद्ध कर्मचारीले जनाएका छन् ।
मुख्य निर्बाचन अधिकृतको कार्यालय रुपन्देहीका अनुसार, ५ वटा निर्बाचन क्षेत्र रहेको रुपन्देहीमा हालसम्म ३० वटा निर्बाचन आचारसंहिता उल्लघंन सम्बन्धि उजुरी आयोग समक्ष आएका छन् । निर्बाचन आचारसंहिता उल्लघंन सम्बन्धि गुनासा सवै निर्बाचन क्षेत्रबाट कार्यालयमा आएका छन् । निर्बाचन आयोग आचारसंहिता अनगमन समिति रुपन्देहीका अनुगमन अधिकृत मातृका आचार्यले निर्बाचन आचारसंहिता लागु भएदेखि माघ २६ गतेसम्म ३० वटा उजुरी प्राप्त भएको र ती उजुरीको सम्बोधन पनि भएर फस्र्यौट गरिसकिएको बताए । ३० वटा उजुरीमध्ये लिखित उजुरी भने एउटामात्र आयोग समक्ष प्राप्त भएको हो ।
‘निर्बाचन आचारसंहिता उल्लघंनबारे गम्भिर प्रकृतिका उजुरी भने अहिलेसम्म आएका छैनन् । प्राप्त भएका सवै उजुरी सुधारात्मक अवस्थाका छन् । तत्काल कारवाही नै गरिहाल्नु पर्ने खालका छैनन’, आचार्यले भने, ‘कतिपय उजुरी राजनीतिक प्रतिशोध साँध्ने खालका पनि छन् ।’ आचार्यका अनुसार आचारसंहिता उल्लघंनका उजुरी सवै राजनीतिक दल बिरुद्ध परेका थिए । अधिकांश उजुरी पोष्टर ब्यानर टाँगेको, मतदाता जम्मा गरेर खाजा नास्ता खुवाएको, स्थानीय तहका जनप्रतिनिधिले सरकारी गाडीको दुरुपयोग गरेर उम्मेदवारको प्रचारप्रसार गरेको, तोकिए भन्दा धेरै मानिसको प्रयोग गरेर प्रचारप्रसार तथा घरदैलो कार्यक्रम गरिएको, भारतीय गाडीको प्रयोग गरिएको जस्ता उजुरी आएका थिए ।
एउटा लिखित उजुरी बाहेक अरु सवै उजुरी टेलिफोन, मोबाइल र सामाजिक सञ्जालको माध्यमबाट आयोगमा आएका हुन् । लिखित एउटा उजुरी स्थानिय एक जनप्रतिनिधिले सरकारी गाडीको प्रयोग गरेर निर्बाचन लक्षित कार्यक्रमको उद्घाटन गरेको भन्ने वारेमा आएको थियो । यस्ता उजुरी सवै निर्बाचन क्षेत्रबाट आए पनि निर्बाचन क्षेत्र नम्बर ४ र ५ बाट धेरै आएका थिए । ‘प्राप्त भएका सवै उजुरीको सनुवाइ गरिसकिएको छ । उजुरी आएको स्थल नजिकको प्रहरी तथा सुरक्षा निकायको परिचालन गरेर समस्याको समाधान गरिसकिएको छ’, आचार्यले भने, ‘निर्बाचन आचारसंहिता उल्लघंनका घटना वारे पाँचवटै निर्बाचन अधिकृतलाई पनि सजग गराइएको छ ।’
फागुन २१ गते हुने निर्बाचन नजिकिँदै गर्दा रुपन्देहीमा व्यापकताका साथ प्रभावकारी रुपमा अनुगमन हुन नसकेको गुनासो भने आम सर्वसधारणले गरेका छन् । बिगतका निर्बाचनको तुलनामा यस पटक निर्बाचनको प्रचारप्रसार र शैली अहिलेसम्म कम खर्चिलो र कम भड्किलो देखिए पनि आचारसंहिता उल्लघंनबाट मुक्त हुन भने नसकेको अनुभव सर्वसाधारण मतदाताले गरिरहेका छन् ।
‘सोमवार रुपन्देहीका सवै निर्बाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रबि लामिछानेको जिल्ला दौडाहाको प्रचारप्रसार नै निर्बाचन आचारसंहिता उल्लघंनबाट मुक्त थिएन । आचारसंहितामा उल्लेख गरिए भन्दा बिपरितका कार्य भैरहेका थिए’, रुपन्देही–२ का एक मतदाताले भने, ‘निर्बाचन आचारसंहिता उल्लघंन भएका घटना निर्बाचन अनुगमन समितिले आफै देख्यो की देखेन रु की अरु कसैले उजुरी गर्नु पर्ने हो रु ।’
प्रकाशित मिति : मंगलबार, माघ २७ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्