बिहिबार भैरहवामा काँग्रेस उपसभापति विश्वप्रकाश शर्माले नेता कार्यकर्तालाई सम्बोधन गर्ने

बिहिबार भैरहवामा काँग्रेस उपसभापति विश्वप्रकाश शर्माले नेता कार्यकर्तालाई सम्बोधन गर्ने

 

बुटवल,  आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले रुपन्देहीको भैरहवामा पार्टीका नेता कार्यकर्तालाई सम्बोधन गर्नुहुने छ । विभिन्न जिल्लामा पार्टीका उम्मेद्वार सहित पार्टीका अगुवा नेता कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा बुधबार रुपन्देहीमा कार्यक्रम तय गरिएको हो ।

बिहान ११ बजे भैरहवास्थित युनिक बैंक्वेटमा आयोजना हुने जनाइएको छ । उक्त कार्यक्रममा उम्मेदवार सहित पार्टीका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, लुम्बिनी प्रदेशका पदाधिकारी तथा सदस्यहरू, क्षेत्रीय समिति, पाँच वटै क्षेत्रीय सभापतिहरु, प्रदेशसभा ‘क’ र ‘ख’ समिति, पालिका तथा वडाका सभापतिहरुलाई अनिवार्य उपस्थित हुन नेपाली काँग्रेस रुपन्देही अनुरोध गरेको छ ।

आम निर्वाचनलाई लक्षित गर्दै पार्टीको रणनीति, संगठन सुदृढीकरण तथा आगामी कार्यदिशा सम्बन्धमा केन्द्रीय उपसभापति शर्माले मार्गदर्शन गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले जानकारी गराउनु भयो । कार्यक्रममा सबै नेता तथा कार्यकर्ताहरूलाई समयमै उपस्थित हुन आग्रह गरिएको छ । ५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा आसन्न प्रतिनीधि सभा निर्वाचनमा नेपाली काँग्रेसले क्षेत्र नं. १ मा हिराबहादुर खत्री, क्षेत्र नं. २ मा चुन्नप्रसाद पौडेल, क्षेत्र नं. ३ मा सुशिल गुरुङ, क्षेत्र नं. ४ मा आशुतोष मिश्रा र क्षेत्र नं. ५ मा भरतकुमार शाहलाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति : बुधबार, माघ २८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij