बुटवल बासीसंग चीरपरिचित छु ,यहाँका समस्या समाधान गर्छु ः चुन्नप्रसाद पौडेल

बुटवल बासीसंग चीरपरिचित छु ,यहाँका समस्या समाधान गर्छु ः चुन्नप्रसाद पौडेल

 

बुटवल

नेपाली काँग्रेस क्षेत्र नं. २ रुपन्देही अन्तर्गत बुटवल उपमहानगरपालिका वडा न ११ मा बृहत कार्यकर्ता भेला सम्पन्न भएको छ । कालिकानगरमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले नेपाली काँग्रेसले बदलिएको सन्देश सहित चुनावी अभियानमा एक ढिक्कासहित जुटेकाले देशभर जित पक्का रहेको दाबि गरेका छन् । काँग्रेसले नेतृत्वसंगै कार्यशैली पनि बदलेर जनतामाझ आएकाले आफ्ना एजेण्डासहित घरघरमा पुगेर कांग्रेसका पक्षमा मत माग्न आग्रह गरिएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि नेपाली काँग्रेसको तर्फबाट रुपन्देही २ का उम्मेदवार बनेका वरिष्ठ उद्योगी तथा समाजसेवी चुन्नप्रसाद पौडेलले आफु बुटवल ११ कै बासिन्दा भएकाले यहाँको समस्याहरुका बारेमा आफू जानकार रहेको बताउनुभयो ।उहाँले निर्वाचन जिताएर पठाए बुटवल ११ का भूमिहिन सुकुम्बासीले बेहोर्नुपरेको समस्या समाधान गर्ने र लालपूर्जा बितरण गर्ने बताउनुभयो ।

पौडेलले तिनाउ करिडोरको समस्या समाधान गरिने समेत उहाले बताउनुभयो ।काँग्रेस नेतृत्वको सरकारले मात्रै मुलुकलाई विकास र समृद्धिको मार्गमा अघि बढाउने भएकाले काँग्रेस नेतृत्वका सरकार बनाउनका लागि पनि आफूलाई जिताउन आग्रह गर्नुभयो ।

उहाँले यस क्षेत्रको आर्थिक, सामाजिक तथा औद्योगिक विकास आफ्नो पहिलो प्राथमिकता हुने बताउँदै त्यसका लागि पनि आफूलाई जिताउन आम पार्टीको नेता, कार्यकर्ता सहित आम मतदातालाई अपिल गर्नुभयो । २००७ सालयता मुलुक संकटमा पर्दा काँग्रेसले नै निकास दिएको स्मरण गराउँदै उहाँले वर्तमान चुनौतीको समाधान पनि काँग्रेस नेतृत्वबाटै सम्भव हुने विश्वास व्यक्त गर्नुभयो ।

काँग्रेस केन्द्रीय सदस्य रामबहादुर कार्कीले जेनजी आन्दोलनपछि काँग्रेसले आत्मसमीक्षा गर्दै आफूलाई रूपान्तरण गरेको बताउनु भयो । बद्लिएको काँग्रेसले अब देशको अवस्था बदल्नेगरि अगाडि बढेको उहाँको भनाइ छ । जेनजी युवाहरूको भावना र अपेक्षाअनुसार देशलाई अघि बढाउन काँग्रेसको नेतृत्व आवश्यक रहेको उहाको भनाइ छ । रुपान्तरित कांग्रेसले देशको नेतृत्व गरेमात्र मुलुक समृद्ध बन्ने र संविधान सहि ढंगले कार्यान्वयन हुने बताउनुभयो ।

प्रदेश कोषाध्यक्ष प्रकाश रानाले अन्य दलका उम्मेदवारको अनुहार र ब्यवहार जनताले देखिसकेको भन्दै नयाँका नाममा भैरहेको राजनीति देशलाइ घातक हुने टिप्पणी गर्नुभयो । रानाले जनताका बिचमा कांग्रेसले देश बनाउन गरेको योगदानको चर्चा र एजेण्डाहरु प्रर्याप्तै रहेको बताउनुभयो ।

नेपाली काँग्रेस क्षेत्र नं. २ रुपन्देहीका सभापति तथा प्रचारप्रसार मुल समितिका संयोजक प्रजापाल गिरीले देशको विकास र समृद्धिका लागि नेपाली काँग्रेसको जित अनिवार्य रहेको बताउनुभयो । उहाले अन्य दलहरुले प्रोपोगान्डा र निराशा फैलाएर राजनीति गरिरहेको आरोप लगाउनुभयो । गिरिले भ्रष्टाचार बिरुद्ध कांग्रेस निर्मम भएर अघि बढ्ने समेत बताउनुभयो । अहिले काँग्रेस स्पष्ट योजनासहितको कार्यक्रम लिएर चुनावमा होमिएको र चुनावपूर्व हुने गठबन्धन संस्कृतिको अन्त्य गर्नु बदलिएको काँग्रेसको उपलब्धि भएको दाबी गर्नुभयो ।

कार्यक्रममा प्रदेश सदस्य बालकुमारी भण्डारी,टे«ड युनियन कांग्रेस लुम्बिनी प्रदेश अध्यक्ष काजिमान श्रेष्ठ,बुटवल वडा न ११ का वडासभापति जितबहादुर मल्ल, उपसभापति दुर्गा बहादुर खत्री, सचिव यज्ञ प्रसाद न्यौपाने, जेनजी समुहका सिद्धार्थ कोइराला लगायतले बोल्दै कांग्रेसलाइ जिताएर देशकै पहिलो पार्टी बनाउने बताएका थिए ।

भिडियो लिंक –

जततउकस्ररकभलमनद।अयmरअयज्ँउश्डगिच्द्द

प्रकाशित मिति : बिहिबार, माघ २९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij