मतदाताको सद्भावले कांग्रेसका उम्मेदवार चुन्न प्रसाद शर्मा उत्साहित

मतदाताको सद्भावले कांग्रेसका उम्मेदवार चुन्न प्रसाद शर्मा उत्साहित

बुटवल,

नेपाली कांग्रेस रूपन्देही-२ ले घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ ।निर्वाचनको मिति नजिकिँदै गर्दा चुनाव प्रचारप्रसारमा नेता कार्यकर्ताहरूकाे सहभागीता पनि बढ्दै गएपछि उम्मेदवार तथा कांग्रेस नेताहरू थप उत्साहित भएका छन् ।घरदैलो अभियानको पाँचौ दिन शनिबार बुटवल उपमहानगरपालिका वडा नं १३ जितगढीमा आयोजित घरदैलोमा सयौं नेता कार्यकर्ताकाे सहभागीता भएपछि उम्मेदवार सहित कांग्रेस नेता कार्यकर्ता उत्साहित भएका हुन् ।
रूपन्देही निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार चुन्न प्रसाद शर्माले घरदैलोका क्रममा बुटवल-१३ का मतदाता तथा पार्टीका नेता कार्यकर्ता सहभागीताले आफुलाई थप उत्साहित बनाएको बताए ।स्थानीय पार्टीका नेता कार्यकर्ताका अलावा मतदाता र उद्योगी व्यवसायीहरूले देखाएको सद्भावले पनि आफू र समग्र कांग्रेसजनलाई उत्साहित बनाएको कांग्रेस उम्मेदवार पाैडेलकाे भनाइ छ ।नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं २ का क्षेत्रीय सभापति तथा निर्वाचन परिचालन मूल समिति संयोजक प्रजापाल गिरीले पनि घरदैलोका क्रममा पार्टीका नेता कार्यकर्ताकाे उल्लेखनीय सहभागीता र मतदाताले देखाएको सद्भावले उम्मेदवारसहित सिंगो नेपाली कांग्रेस उत्साहित भएको बताए ।बुटवल उपमहानगरपालिका वडा नं १३ काे जितगढी र बेलबासमा भएको घरदैलोमा उम्मेदवार चुन्न शर्मा पाैडेल,समानुपातिक उम्मेदवार रीता सेन वलीलगायत पार्टीका नेता कार्यकर्ता टोल टोल र घरदैलोमा पुगेर मत मागेका थिए

प्रकाशित मिति : शनिबार, फाल्गुन ९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij