बुटवलमा विद्यार्थी लक्षित गर्दै ‘होराइजन एजुकेसन मार्ट’ सञ्चालनमा

बुटवलमा विद्यार्थी लक्षित गर्दै ‘होराइजन एजुकेसन मार्ट’ सञ्चालनमा

बुटवल-बुटवलमा विद्यार्थी लक्षित गर्दै ‘होराइजन एजुकेसन मार्ट’ सञ्चालनमा आएको छ। करिब डेढ करोड रुपैयाँको लगानीमा स्थापना गरिएको उक्त मार्टले विद्यार्थी, शिक्षक,खेल तथा शैक्षिक संस्थालाई आवश्यक स्टेशनरी तथा शैक्षिक सामग्री एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्य राखेको छ।

मार्टमा सन्तोष मरासिनी, बिनोद पन्थ र राम ज्ञवाली को संयुक्त लगानी रहेको छ। बुटवल तथा आसपासका क्षेत्रका विद्यार्थीलाई सहज, सुलभ र गुणस्तरीय शैक्षिक सामग्री उपलब्ध गराउने लक्ष्यसहित मार्ट सञ्चालनमा ल्याइएको संचालक सन्तोष मरासिनी बताए।उहाका अनुसार एउटै स्थानबाट विद्यार्थीका लागि आवश्यक कापी, किताब, कलम, ब्याग,स्कुलका पोसाक, प्रिन्टिङ सामग्री तथा अन्य शैक्षिक सामग्री उपलब्ध गराइनेछ।

मार्टले नयाँ शैक्षिक सत्रलाई लक्षित गर्दै विद्यार्थीहरूका लागि विशेष छुट योजना समेत ल्याएको छ। फागुन महिनाभर लागू हुने गरी केही शैक्षिक सामग्रीमा १० प्रतिशतदेखि १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको सञ्चालक बिनोद पन्थ ले बताए। यसबाट विद्यार्थी र अभिभावकलाई आर्थिक रूपमा समेत राहत पुग्ने विश्वास गरिएको छ।

मार्टको औपचारिक उद्घाटन जेष्ठ नागरिक आमा माया पन्थबाट गरिएको हो। जेष्ठ नागरिकबाट उद्घाटन गरिनु मार्फत सम्मान र प्रेरणाको सन्देश दिने उद्देश्य रहेको जनाइएको छ। उद्घाटन कार्यक्रममा स्थानीय व्यवसायी, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

अर्का सञ्चालक राम ज्ञवालीले विद्यार्थीलाई केन्द्रमा राखेर सेवा दिने उद्देश्यले मार्ट सञ्चालन गरिएको बताउँदै आगामी दिनमा थप सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो। उहाँले विद्यार्थीहरूलाई आवश्यक सम्पूर्ण शैक्षिक सामग्री सहज रूपमा उपलब्ध गराई बुटवललाई शैक्षिक सामग्रीको महत्वपूर्ण केन्द्र बनाउने लक्ष्य रहेको उल्लेख गर्नुभयो।

बुटवलमा यस प्रकारको विद्यार्थी केन्द्रित शैक्षिक मार्ट सञ्चालनमा आउनु सकारात्मक कदम भएको भन्दै यसले विद्यार्थीहरूलाई समयमै आवश्यक सामग्री उपलब्ध गराउन सहयोग पुग्नुका साथै शैक्षिक वातावरणलाई समेत थप सहज बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन १५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij