समानुपातिक सांसदले भाेलि प्रमाणपत्र पाउने

समानुपातिक सांसदले भाेलि प्रमाणपत्र पाउने

काठमाण्डाै – निर्वाचन आयोगले समानुपातिकतर्फका सांसदहरूलाई भोलि प्रमाणपत्र दिने भएको छ । बिहान ११ बजे आयोगको प्राङ्गण कान्तिपथमा एक समारोहका बीच समानुपातिक प्रणालीबाट निर्वाचित सांसदरूलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा समानुपातिकतर्फ ११० जना निर्वाचित भएका छन् । प्रत्यक्षतर्फ निर्वाचित भएका १६५ जनाले यसअघि नै प्रमाणपत्र पाइसकेका छन् । सांसदहरूको शपथ भने चैत १२ गते गर्ने तयारी छ ।

चुनावबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दलका रूपमा आएका छन् । १८२ सिटसहित रास्वपा सबैभन्दा ठूलो दल भएको छ । कांग्रेस ३८ सिटसहित दोस्रो, २५ सिटसहित एमाले तेस्रो र १७ सिटसहित नेपाली कम्युनिस्ट पार्टी चौथो दलका रूपमा रहेको छ ।

यस पटकको चुनावबाट उदाएको श्रम संस्कृति पार्टी ७ सिटसहित पाचौँ र राप्रपा ५ सिटसहित छैटाैँ दलका रूपमा छ । एक जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।

प्रकाशित मिति : बुधबार, चैत्र ४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij