काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा केन्द्रीय कार्यसमिति बैठकले अस्वीकार गरेको छ।
शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापाको राजीनामा स्वीकार नगर्ने निर्णय गरेको हो।
निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको जिम्मेवारी लिँदै सभापति थापाले पदबाट राजीनामा दिएका थिए ।
बैठकपछि सहमहामन्त्री बहादुरसिंह लामाले पत्रकारहरूसँग कुरा गर्दै सभापति थापाले दिएको राजीनामा कार्यसमितिले अस्वीकृत गरेको जानकारी दिए।
बैठकमा उपसभापति विश्वप्रकाश शर्माले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने विषयमा सात बुँदे प्रस्ताव प्रस्तुत गरेका थिए।
केन्द्रीय कार्यसमितिको बैठक आगामी आइतबारसम्मका लागि स्थगित गरिएको छ।
प्रकाशित मिति : शुक्रबार, चैत्र ६ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्