काठमाण्डौ – आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा २ हजार ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज भाउ घटेर सुन तोलाको २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । कारोबार हुने हप्ताको पहिलो दिन हिजो आइतबार सुनको भाउ तोलामा ५ हजार रुपैयाँले बढेको थियो । हिजो सुन तोलाको २ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर ४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ७२० रुपैयाँ रहेको थियो ।
प्रकाशित मिति : सोमबार, चैत्र १६ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्