तिलोत्तमा , गर्मी बढेसँगै तिलोत्तमा लगायत रुपन्देही जिल्लामा फलफूलको व्यापार‚ व्यवसाय बढेको छ।
पछिल्लो केही दिनदेखिको बढ्दो गर्मीको कारण रुपन्देहीमा फलफूलको व्यवसाय फस्टाएको हो। गर्मी बढेसँगै खरबुजा, केरा, सुन्तला, आँप, नरिवल, मेवा, अङ्गुर, स्याउ लगायतका फलफूलहरूको विक्री बढेको हो। बुटवल ,योगिकुटी, मणिग्राम, भैरहवा लगायतका स्थानमा हरेक फलफूल पसलमा गर्मीबाट राहत पाउन उपभोक्ताको भीडभाड बढेको देखिन्छ।
गर्मीमा शीलतला महसुस गराउने फलफूल ग्राहकको प्राथमिकतामा परेका छन्। फलफूल तथा जुस व्यवसायीका अनुसार पछिल्लो केही दिनयता उखु र नरिवलको जुसको माग पनि ह्वात्तै बढेको छ।
प्रकाशित मिति : सोमबार, चैत्र १६ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्