स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण

स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण

 तौलिहवा , नेपाल पत्रकार महासंघको ७१ औँ स्थापना दिवसको अवसरमा कपिलवस्तु शाखाले सामाजिक कार्य अन्तर्गत विरामीलाई फलफूल वितरण गरेको छ। सोमबार स्थापना दिवसको अवसरमा कपिलवस्तु अस्पतालका जनरल वार्डमा रहेका विरामीहरुलाई फलफूल वितरण गरिएको हो।

महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले अस्पतालमा उपचाररत विरामीहरुको स्वास्थ्यप्रति सानो सहयोग र हौसला प्रदान गर्ने उद्देश्यले फलफूल वितरण गरिएको बताउनुभयो। उहाँले महासंघले हरेक वर्ष स्थापना दिवसका अवसरमा यस्ता सामाजिक गतिविधि गर्दै आएको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो।

यसैगरी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य विकास बन्जाडेले स्थापना दिवसको अवसरमा गरिएको यस कार्यको प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुभयो। पत्रकार केवल समाचार लेख्ने मात्र नभई सामाजिक जिम्मेवारी बोकेको व्यक्तित्व समेत भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह हुने बताउनुभयो।

कार्यक्रममा महासंघका पूर्व अध्यक्षहरु मनोज पौडेल, बसन्त गिरी, किरणमान बज्राचार्य लगायत जिल्लाका विभिन्न सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो। फलफूल प्राप्त गरेपछि विरामीहरुले खुसी व्यक्त गरेका छन्।

प्रकाशित मिति : सोमबार, चैत्र १६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij