काठमाण्डौ , काठमाण्डौका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान रिजाललाई सुविधानगरमा रहेको निवासबाटै पक्राउ गरिएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयलले जनाएको छ ।
गएको भदौ २३ र २४ गते नवयुवा आन्दोलन हुँदा काठमाण्डौका प्रमुख जिल्ला अधिकारी रहेका रिजाललाई जाँचबुझ आयोगको सिफारिस अनुसार अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको हो ।
रिजालमाथि आन्दोलनमा दमन गरेको आरोप लागेको छ । यसअघि प्रहरीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : मंगलबार, चैत्र १७ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्