सभामुखको चुनाव आउँदाे आइतवार, यस्तो छ प्रतिनिधिसभाको पहिलो बैठकको कार्यसूची

सभामुखको चुनाव आउँदाे आइतवार, यस्तो छ प्रतिनिधिसभाको पहिलो बैठकको कार्यसूची

काठमाण्डाै – प्रतिनिधिसभाको सभामुख चयनका लागि आउँदाे आइतवार चैत २२ गते चुनाव हुने भएको छ ।

सिंहदरबारमा आज बसेको सर्वदलीय बैठकले चैत २० गते उम्मेदवारी मनोनयन गर्ने र २२ गते चुनाव गर्ने कार्यतालिकामा सहमति जुटाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयाे ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सदनको पहिलो बैठकको कार्यसूची र सञ्चालन प्रक्रियाबारे दलहरूबीच समझदारी बनेको पनि बताउनुभयाे । उहाँकाअनुसार भाेलि हुने प्रतिनिधिसभाको पहिलो बैठकमा सभामुखको चुनावसम्बन्धी प्रस्ताव पेश हुनेछ ।

बैठकले नयाँ नियमावली नबन्दासम्म अहिलेकै संसद् नियमावलीका आधारमा बैठक सञ्चालन गर्ने र पहिलो बैठकबाटै नियमावली प्रतिस्थापनको प्रक्रिया अघि बढाउने निर्णय गरेको रास्वपाका महामन्त्री बुर्लाकाेटीले बताउनुभयो ।

यस्तै पहिलो बैठकमा बैठकमा कार्यव्यवस्था परामर्श समिति गठन, बैठकको अध्यक्षता गर्ने सदस्यहरूको चयन प्रक्रिया शुरू गरिनुका साथै शीर्ष नेताहरूले शुभकामना दिने कार्यसूचीमा सहमति जुटेको उहाँकाे भनाइ छ ।

सभाको पहिलो बैठकमा गएकाे भदौ अन्तिम हप्ता भएकाे नवयुवा आन्दोलनका शहीदहरूप्रति श्रज्ञाञ्जली व्यक्त गर्ने कार्यसूची पनि रहेको छ ।

प्रकाशित मिति : बुधबार, चैत्र १८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij