काठमाण्डाै – नयाँ सभामुखको शपथ पर्सि आइतवार दिउँसो ३ बजे हुने भएको छ । प्रतिनिधिसभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद (डीपी) अर्यालको आज एकल मनोनयन दर्ता भएको छ ।
राष्ट्रपति कार्यालयले आइतवार दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सभामुखलाई पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय भएको जानकारी दिएको छ ।
आइतवार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट अर्याललाई प्रक्रिया पूरा गरेर सभामुखमा निर्वाचित भएको घोषणा गरिनेछ । त्यसपछि राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ कार्यक्रम हुनेछ ।
प्रकाशित मिति : शुक्रबार, चैत्र २० २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्