काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (सात वटै प्रदेश) लाई स्वीकृत दरबन्दी विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।
शुक्रबार सूचना जारी गर्दै मन्त्रालयले देशभरका सात वटै प्रदेश सरकारलाई आफ्ना मातहतका सबै निकायहरूको स्वीकृत दरबन्दी (स्टाफ संरचना) को एकीकृत विवरण ३ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको हो ।
मन्त्रालयले सबै प्रदेश अन्तर्गतका कार्यालयहरूको स्वीकृत दरबन्दी संकलन गरी एकमुष्ट रूपमा तयार पारेर मन्त्रालयको इमेल ठेगानामा तीन दिन भित्र उपलब्ध गराउन आग्रह गरेको छ ।

प्रकाशित मिति : शनिबार, चैत्र २१ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्