रूपन्देहीको रोहिणीमा सोमबार राती गोली चल्यो, तीन लागुऔषध कारोबारी पक्राउ

रूपन्देहीको रोहिणीमा सोमबार राती गोली चल्यो, तीन लागुऔषध कारोबारी पक्राउ

बुटवल । रूपन्देहीको रोहिणी गाउँपालिकामा प्रहरीले गोली चलाएर तीन जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । सोमबार राति रोहिणी गाउँपालिका-४ को कोटहवा क्षेत्रमा उनीहरूलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायव उपरीक्षक कृष्ण चन्दका अनुसार पक्राउ पर्नेमा भारतको महाराजगञ्ज, पर्सामालिक ग्राम विसुनपुरवा बस्ने १८ वर्षीय अरुण कुमार र २० वर्षीय विनय पाण्डेय तथा रोहिणी-२ खुरूहुरियाका विशाल यादव रहेका छन् । उनीहरूको साथबाट प्रहरीले ३३ सय एम्पुल लागुऔषध बरामद गरेको जनाएको छ

 

लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले कोटहवामा चेकजाँच अभियान सञ्चालन गरेको थियो । सोही क्रममा युपी ५६ एफ ९९०१ नम्बरको भारतीय मोटरसाइकललाई रोक्न खोज्दा नरोकी भाग्ने क्रममा मोटरसाइकल लडेको प्रहरीले जनाएको छ ।

प्रहरीले नियन्त्रणमा लिन खोज्दा आरोपीहरूले ढुंगा प्रहार गरी प्रतिरोध गरेका थिए । उक्त घटनामा एक जना प्रहरीसमेत घाइते भएका छन् ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड गोली चलाएको डीएसपी चन्दले जानकारी दिए । भाग्ने प्रयास गरेपछि विशाल यादवको घुँडामा गोली प्रहार गरी नियन्त्रणमा लिइएको हो । घाइते यादवलाई उपचारका लागि भीम अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, चैत्र २४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij