भोलि लुम्बिनीदेखि पश्चिममा ठूलो वर्षा तथा पूर्वी र मध्य तराईमा हावाहुरीको सम्भावना

भोलि लुम्बिनीदेखि पश्चिममा ठूलो वर्षा तथा पूर्वी र मध्य तराईमा हावाहुरीको सम्भावना

काठमाण्डौ – भोलि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक/दुई ठाउँमा ठूलो वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

यसैगरी मधेश र कोशी प्रदेशका केही ठाउँहरूमा हावाहुरी चल्ने सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रातिको समयमा देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै ठाउँमा मेघगर्जन तथा चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ ।

आज पनि दिउँसोपछि पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । विशेषगरी डडेल्धुरा, दिपायल, पोखरा, भैरहवा लगायतका शहरहरूमा मेघगर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यस्तै काठमाण्डौ उपत्यका, ओखलढुङ्गा, धनकुटा, जिरी, ताप्लेजुङ लगायतका ठाउँमा पनि आज मेघगर्जन तथा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पर्सि बिहीबार कोशी प्रदेश लगायत देशका पहाडी तथा हिमाली भू-भागका केही ठाउँहरूमा तथा मधेश प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन तथा चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : मंगलबार, चैत्र २४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij