आईसीसी विश्वकप लिग–२ वैशाख १२ देखि काठमाण्डौमा शुरु हुने

आईसीसी विश्वकप लिग–२ वैशाख १२ देखि काठमाण्डौमा शुरु हुने

काठमाण्डौ ,आईसीसी विश्वकप लिग–२ काठमाडौंमा हुने भएको छ । प्रतियोगिताका खेलहरू आउँदो वैशाख १२ गतेदेखि २२ गतेसम्म हुनेछन् ।

साथै, अर्को चरणका खेलहरू वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म आयोजना गरिने तय भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । नेपाल र यूएईबीच पहिलो खेल वैशाख १२ गते हुनेछ भने दोस्रो खेल वैशाख १६ गते ओमानसँग खेलिनेछ । नेपालले तेस्रो खेल यूएईसँग वैशाख १८ गते र चौथो खेल ओमानसँग वैशाख २२ गते खेल्नेछ ।

नेपाल, ओमान र यूएईबीचको शृङ्खला यसअघि फागुन २६ गतेदेखि चैत ६ गतेसम्म कीर्तिपुरमा आयोजना हुने तय गरिएको थियो । तर, मध्यपूर्वमा उत्पन्न तनावलाई मध्यनजर गर्दै क्यानले विश्वकप लिग–२ का खेलहरू स्थगित गरेको थियो ।

पहिलो शृङ्खला सकिएपछि अर्को हप्ता नेपाल, स्कटल्यान्ड र अमेरिकाबीच लिग–२ अन्तर्गतका खेलहरू हुनेछन् । नेपालले वैशाख २९ गते स्कटल्यान्डसँग, जेठ २ गते अमेरिकासँग, जेठ ४ गते पुनः स्कटल्यान्डसँग र अन्तिम खेल जेठ ८ गते अमेरिकासँग खेल्नेछ ।

प्रकाशित मिति : बुधबार, चैत्र २५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij