होटल पौवामा भोलिदेखि तीन दिन स्वाद उत्सब हुने

होटल पौवामा भोलिदेखि तीन दिन स्वाद उत्सब हुने

तिलोत्तमा, होटल पौवाले विभिन्न जिल्लाका २० शाखामा नेपाली रैथाने स्वाद र विशेष अतिथि सत्कारसहित उत्सव मनाउन लागेको छ । दशौं वार्षिकोत्सवको अवसरमा देशभरका शाखामा बिहीबारदेखि तीन दिनसम्म पौवाले ‘स्वाद उत्सव’ मनाउने भएको हो ।

चैत २६, २७ र २८ गते बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म थरीथरी रैथाने नेपाली परिकार खुवाइने होटल पौवा बुटवल शाखाका महाप्रबन्धक प्रकाश पाठकले बताए । स्वदेशी लगानी, सामूहिक स्वामित्व र नेपाली आतिथ्य संस्कृतिलाई आधार बनाएर रूपन्देहीको सालझण्डीबाट दश वर्ष अघि सेवाको शुभारम्भ गरेको पौवा अहिले ‘चेन’ होटलको रूपमा स्थापित छ ।

वार्षिकोत्सवकै अवसरमा कम्पनीले आफ्ना लगानीकर्ता तथा सहयात्रीहरूसँग भावी रणनीति र विस्तार योजनाबारे छलफल गर्ने उद्देश्यले ‘बितायौं बालापन’ अवधारणामा चैत २८ गते भैरहवा शाखामा लगानी सम्मेलन समेत आयोजना गर्ने भएको छ ।

होटल पौवाका ब्रान्डिङ विभाग प्रमुख विष्णुप्रसाद भण्डारीले उत्सवमा होटल पौवाका सबै शाखाहरूमा विशेष अतिथि सत्कारसहित नेपाली रैथाने स्वाद लिएर ग्राहकहरूलाई छुट्टै अनुभव र आनन्द प्रदान गर्ने बताउनुभयो ।

‘मिसन १००’ संख्यात्मक लक्ष्य मात्र नभएर व्यवस्थापन क्षमता, ब्रान्ड विश्वसनीयता र संस्थागत परिपक्वताको परीक्षण भएको भण्डारीले जनताटूडे अनलाइनलाई बताउनुभयो ।

होटल पौवा सञ्जालमा हाल झण्डै १००० भन्दा बढी कर्मचारी कार्यरत छन् भने २५० भन्दा बढी लगानीकर्ताको सहभागिता रहेको होटल पौवा बुटवल शाखाका उपप्रमुख प्रकाश घिमिरेले बताउनुभयो ।

प्रकाशित मिति : बुधबार, चैत्र २५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij