काठमाण्डाै – शैक्षिक सत्र २०८३ काे विद्यार्थी भर्ना अभियान वैशाख १५ गतेदेखि शुरू हुने भएकाे छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतकाे शिक्षा तथा मानव स्राेत विकास केन्द्रले आज सूचना निकालेर विद्यार्थी भर्ना वैशाख १५ गतेदेखि र पठनपाठन वैशाख २१ गतेदेखि शुरू हुने जनाएकाे हाे ।
यसअघि सरकारले वैशाख १५ गतेदेखि नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने निर्णय गरे पनि भर्ना अभियान कहिलेदेखि हुने भन्ने स्पष्ट भएकाे थिएन ।
यसअघि वैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्र शुरू हुने गरेकाे थियाे ।

प्रकाशित मिति : बिहिबार, चैत्र २६ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्