प्रभावकारी बन्दै आमा सुरक्षा कार्यक्रम

प्रभावकारी बन्दै आमा सुरक्षा कार्यक्रम

जटिल अवस्थाका केस बढी मात्रामा

तिलोत्तमा , शिव खातुन , तौलिहवाबाट प्रशव व्यथा लिएर तौलिहवा अस्पताल पुगिन् । उनलाई चिकित्सकले शल्यक्रियाबाट सुत्केरी गराउने सल्लाह दिए । तर कुन अस्पताल जाने भन्ने उनलाई थाहा भएन । तत्काल चिकित्सकले उनलाई तिलोत्तमाको क्रिमसन अस्पताल जानसुझाब दिए । सोही अनुसार उनी आफ्नो परिवार सहित क्रिमसन अस्पताल आइन् । क्रिमसन अस्पतालमा शल्यक्रिया मार्फत सुरक्षित सुत्केरी भएपछि अहिले उनी खुसी छिन् । र उनको नवजात शिसु पनि सुरक्षित छन् ।

दाङकी पुष्पा पोखे्रलले पनि यस पहिले दाङमै गर्भवती जाँच गराइन् । पछि चिकित्सकले उनलाई सरल माध्यमबाट सुत्केरी गराउन कठीन हुने भने पछि र शल्यक्रिया बिधिको माध्यमबाट ुसत्केरी गराउने सल्लाह दिएपछि उनी पनि तिलोत्तमाको क्रिमसन अस्पतालको रिफर लिएर अस्पताल आइन् । अस्पतालले प्रदान गर्ने आमा सुरक्षा अन्र्तगत शल्यक्रिया मार्फत छोरीको जन्म दिएर अहिले उनी खुसी छन् । ‘नर्मल डेलिभरी हुन्छ भन्ने लागेको थियो, भएन तर पनि मृत्यूलाई जितेको आभास भएको छ’– उनले भनिन् । पोष्ट अप्रेशन

वार्डमा सरेकी उनले चिकित्सकलाई धन्यवाद दिदैँ टाढा भएपनि सुरक्षित भएकोले खुसी भएको बताइन् ।

खतुन र पोख्रेल त यहाँका उदाहरण मात्रै हुन् । उनीहरु जस्तै क्रिमसन अस्पतालमा गर्भवती हुन आउने आमाहरुको संख्या पछिल्लो समय ठूलो छ । तिलोत्तमा नगरपालिकाले सुरक्षित मातृत्व प्रवर्धन गर्न निजी क्षेत्रबाट सञ्चालित क्रिमसन अस्पताल सँगको सहकार्यमा आमा सुरक्षा कार्यक्रम मार्फत प्सुति सेवा, शल्यक्रिया, र नवजात शिशुको उपचार पूर्ण रुपमा निःशुल्क गरेको छ ।

बर्दघाटकी राधा मरासिनी पनि अन्य स्थानको भन्दा क्रिमसन अस्पतालको सेवा सुविधा र चिकित्सकको परामर्श अत्यन्तै मन परेको अनुभव सुनाउंछिन् । ‘धेरै समय लाइन लाग्न नपर्ने, भिडभाड पनि उतिसारो नहुने भएकाले सेवा राम्रो लाग्यो’–उनले भनिन् ।

तिलोत्तमा नगरपालिका र क्रिमसन अस्पताल बिच सुरक्षित मातृत्व प्रवर्धन गर्ने उद्धेश्य सहित आमा सुरक्षा कार्यक्रम प्रभावकारी रुपमा संचालन भइरहेको तिलोत्तमा नगरपालिकाले जनाएको छ । आमा तथा नवजात शिशुसुरक्षा कार्यक्रम निर्देशिका २०७८ को परिच्छेद २ अनुसार सुरक्षित मातृत्व प्रवर्धन गर्ने उद्धेश्यले २०८२ साल जेठ ६ गतेबाट शुरु भएको हो । आर्थिक बर्ष २०८२। ८३ को श्रावण महिना देखि २०८२ फागुन मसान्त सम्म क्रिमसन अस्पतालमा दक्ष प्रसुतिकर्मीबाट २ सय ५८ जनाले प्रसुति सेवा लिएको तिलोत्तमा नगरपालिकाको स्वास्थ्य शाखाको तथ्यांकले देखाएको छ । दक्ष स्वास्थ्यकर्मीबाट ११ जनाले प्रसुतिसेवा पाएको तथ्यांकमा उल्लेख छ । त्यस मध्ये सामान्य प्रसुतिमा १ सय ३ जना , भ्याकुम फोरसेपबाट ५ जना, शल्यक्रियाबाट १ सय ४८ जना महिलाले क्रिमसन अस्पतालबाट सुरक्षित प्रसुति सेवा प्राप्त गरेको तिलोत्तमा नगरपालिकाका जनस्वास्थ्य अधिकृत केशव भट्टराईले जानकारी दिए ।

आमाुसरक्षा कार्यक्रम लागुनभएको समयमा अस्पतालमा मासिक ४–५ जनाले मात्र यो सुविधा लिएकोमा अहिले आमा तथा शिश७३घढसको लागि निःशुल्क कार्यक्रम आएपछि मासिक ४० देखि माथि सुरक्षित प्रसुतिका लागि आउने गरेको स्त्री तथा प्रसुतिरोग बिशेषज्ञ डाक्टर राजिब शाहले बताए ।
खासगरी यस अस्पतालमा जटिल अवस्थाका, शल्यक्रिया गर्नपर्ने, आइसीयू, एनआइसीयुको सेवा आवश्यक हुने खालका केस बढी मात्रामा आउने गरेको उनले बताए ।

यो कार्यक्रम अन्र्तगत क्रिमसन अस्पतालमा उपचार गराउने सेवाग्राहीले नर्मल डेलीभरी, अप्रेसन सेवा, एनआइसीयू आमा तथा नवजात शिशुको उपचार र औषधी गर्दा नेपाल सरकारले तोकेको मापदण्ड अनुसार यो सेवा लिएवापत निःशुल्क सेवा पाइरहेका हुन् । त्यसै गरी लुम्बिनी प्रादेशिक अस्पतालबाट उपलब्ध गराउने सम्पूर्ण सेवा सुबिधा क्रिमसन अस्पतालबाट उपलब्ध भैरहेको क्रिमसन अस्पतालका अध्यक्ष दुर्गा प्रसाद पाण्डेले जानकारी दिए ।

अब आमा तथा नवजात शिशु सुरक्षाका लागि घण्टौं लाइन बस्नुसपर्ने, भिडभाड र पालो कुर्नुपर्ने सबैखाले समस्याको समाधान एकै साथ भएको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले बताए । ‘यस कार्यक्रमले सबै गर्भवती महिलाको अस्पतालमा सहज पहुच सुनिश्चित गनुका साथै छिटो सेवा उपलब्ध हुँदा मातृ मृत्युदर र बाल मृत्यूदरमा समेत उल्लेखनीय रुपमा कमी आएको छ’–खांणले भने – ‘नवजात शिशुको स्वस्थ हुन पाउने अधिकार पनि सुनिश्चित गरेको छ । ’

तिलोत्तमा आमा सुरक्षा कार्यक्रममा निःशुल्क सेवा अन्तर्गत क्रिमसन अस्पतालमा प्रसुतिसेवा, अप्रेसन, नवजात शिशुको उपचार निःशुल्क हुने व्यवस्था छ भने वडास्थित बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलालाई थप रु ५०० प्रोत्साहन भत्ता उपलब्ध गराउने र गर्भवती महिलालाई क्याल्सियम चक्की निःशुल्क उपलब्ध गराउन नगरपालिका र क्रिमसन अस्पतालबिच आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका २०७८ अनुसार सेवा दिने सम्झौता भएको छ । सम्झौता अनुसार आमा सुरक्षा कार्यक्रम अन्र्तगत तराई क्षेत्रबाट सेवा लिन आएकाहरुले एकहजार, पहाडी क्षेत्रबाट आएकालाई २ हजार तथा हिमाली क्षेत्रबाट आएका सेवाग्राहिलाई यातायात खर्च तथा उत्प्रेरणा रकम स्वरुप नगद ३ हजार प्रदान गर्ने गरिएको छ । साथै चारपटक गर्भवती सेवा लिएवापत उत्प्रेरणा स्वरुप यातायात खर्च महिलाले प्रसुति सेवा लिन आउँदा प्रोटोकल अनुसार चार पटक गर्भवती जाँच गराएको कार्ड पेश गरेमा ८ सय रुपैयां उत्प्रेरणा बापतको रकम उपलब्ध गराउँदै आएको अस्पतालका अध्यक्ष पाण्डेले बताए । सोही बमोजिम आमा सुरक्षा कार्यक्रम प्रोत्साहन बापतको यातायात खर्च २ सय ६९, गर्भवती उत्प्रेरणा कार्यक्रम अन्र्तगत ४३ जनाले प्राप्त गरेको नगरपालिकाका जनस्वास्थ्य अधिकृत भट्टराईले जानकारी गराए ।

 

 

प्रकाशित मिति : आइतबार, चैत्र २९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij