तिलोत्तमा , ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत रुपन्देहीको तिलोत्तमामा क्रियाशिल तिलोत्तमा मिडिया क्लवले २०८२ सालको ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार पत्रकार रेखा भुसालले प्राप्त गर्नुभएको छ ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष मोहन चापागाईंले आफ्ना बुबाआमाको स्मृतिमा तिलोत्तमा मिडिया क्लवको सहकार्यमा पत्रकारिता पुरस्कार स्थापना गर्नुभएको हो । पुरस्कारको राशी २५ हजार रुपैंयाँ छ । सोमबार तिलोत्तमाको ड्राइभरटोलमा आयोजित कार्यक्रममा उक्त पुरस्कार पत्रकार भुसाललाई प्रदान गरिएको हो ।
नागरिक दैनिकमा आवद्ध पत्रकार भुसाल दुई दशकदेखि रुपन्देहीमा रहेर पत्रकारितामा क्रियाशील हुनुहुन्छ । उहाँलाई तिलोत्तमा नगर पालिकाका नगर प्रमुख रामकृष्ण खांण, उपप्रमुख जागेश्वरी देवि चौधरी, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सभापति धर्मेन्द्र झा, पुरस्कारका संस्थापक मोहन चापागाईं, महासंघका केन्द्रीय सदस्य रामराज पोखरेलको सहभागितामा उक्त पुस्कार प्रदान गरिएको हो ।
त्यसअवसरमा पुरस्कृत पत्रकार भुसालले पुस्कारले आफूलाई थप जिम्मेवार भएर पत्रकारितामा क्रियाशील रहन प्रेरणा दिएको बताउनुभयो ।
पत्रकार यमलाल भुसाल संयोजक तथा ईन्दिरा अर्याल र टीआर शर्मा सदस्य रहेको मूल्यांकन समितिको सिफारिसको आधारमा यस वर्षको ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार भुसाललाई प्रदान गरिएको हो । ।
प्रकाशित मिति : सोमबार, चैत्र ३० २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्