टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री शाह

टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री शाह

 

काठमाण्डौ – प्रधानमन्त्री वालेन्द्र शाह ‘टाइम म्यागेजिन’ले सार्वजनिक गरेको १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश हुनु भएको छ ।

म्यागेजिनले शाहलाई पूर्व ‘हिप–हप’ कलाकारदेखि नेपालको सबैभन्दा कान्छो प्रधानमन्त्री भन्दै दक्षिण एसियाली राजनीतिमा नयाँ तरङ्ग ल्याउने व्यक्तिको रूपमा सन् २०२६ को लागि चित्रण गरेको हो ।

प्रधानमन्त्री शाहको उदय युवा पुस्ताको समर्थन र पुराना राजनीतिक दल तथा संरचनाप्रतिको असन्तुष्टिको परिणाम भएको म्यागेजिनले जनाएको छ । काठमाण्डौको मेयर हुँदा फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा गरेको सुधारको पनि चर्चा गरेको छ ।

 

साथै प्रधानमन्त्रीको जिम्मेवारीमा शाहप्रतिको आमा नेपाली नागरिकको विश्वाससँगै प्रभावकारी नेतृत्व निर्वाहको अपेक्षाबारे पनि चर्चा गरेको छ ।

प्रकाशित मिति : बिहिबार, बैशाख ३ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij