पहाडी थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना :तराईमा बादल

पहाडी थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना :तराईमा बादल

काठमाण्डौ , आज देशका पहाडी थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

आज मधेश प्रदेशबाहेक अरू प्रदेशको पहाडी थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भागको थोरै ठाउँ साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागका एकरदुई ठाउँमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । तराई क्षेत्रमा बिहान बादल लागेको छ ।

नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हिजो देशका विभिन्न जिल्लामा पानी परेको थियो । खोटाङ र उदयपुरमा ठूलो पानी परेको थियो भने महोत्तरीलगायतका क्षेत्रमा हावाहुरी चलेको थियो ।

प्रकाशित मिति : आइतबार, बैशाख ६ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij