२२ लाख बढीको अवैध सामान बरामद

२२ लाख बढीको अवैध सामान बरामद

भैरहवा, जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले २२ लाख रुपैयाँ बढीको अवैध सामान बरामद गरेको छ ।

टोलीले चैत ४ गते शुक्रबार जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली, चोरीपैठारी गरिएको अन्दाजी मूल्य २२ लाख १० हजार ९ सय रुपैयाँ बराबरको सामान बरामद गरेको हो ।

बरामद गरिएको सामान र सवारीसाधन आवश्यक कारवाहीका भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक ९डीएसपी० कृष्ण कुमार चन्दले बताउनुभयो ।

प्रहरीले बरामद गरेको सामानमा लेडिज सुट, कुर्ता, काचो कपडा, ग्लो लब्ली क्रिम, बच्चाको चप्पल, कटन प्याड, जिउँदो कोईलर कुखुरा, केरा, मोटरसाइकल, साइकल लगायत छन् ।

प्रकाशित मिति : आइतबार, बैशाख ६ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij