काठमाडौं । सरकारले पोशाक तथा पाठ्यपुस्तक बिक्री गर्ने विद्यालयहरुलाई कारवाही गर्न निर्देशन जारी गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पोशाक तथा पाठ्यपुस्तक बिक्री गर्ने विद्यालयलाई कारबाही गर्न देशभरका शिक्षा विकास तथा समन्वय एकाईलाई परिपत्र गरेको हो।सोमबार केन्द्रले सबै शिक्षा एकाई र स्थानीय तहलाई परिपत्र गर्दे पोशाक र पाठ्यपुस्तक बिक्री गर्ने विद्यालयलाई कारवाहीको दायरामा ल्याउन भनेको छ । केन्द्रका निर्देशक श्यामप्रसाद आचार्यले हस्ताक्षर गरेको पत्रमा केन्द्रबाट स्वीकृति प्रदान गरेका पाठ्यपुस्तक तथा पाठ्यसामग्री मात्र विद्यालयमा लागू गर्नुपर्ने पनि उल्लेख गरिएको छ।
‘केही प्रकाशनले कानुन उल्लघंन गरी बढी मूल्य तोकिएका, कागजको गुणस्तर न्यून भएका र स्वीकृति नै नलिएका तथा मूल्य नै नतोकेका पाठ्यपुस्तक तथा पाठ्यसामग्री बिक्री गरेको तथा विद्यालयहरूले प्रयोग गर्न लागेको गुनासो प्राप्त भएको छ,’ पत्रमा भनिएको छ।
केही विद्यालयले पाठ्यपुस्तक, पोशाक, स्टेसनरी विक्री वितरण गरिरहेको गुनासो आएको पनि केन्द्रले जनाएको छ। पत्रमा स्थानीय तहसँगको समन्वयमा अनुमगन गरेर त्यस्ता विद्यालयलाई कारबाही गर्न भनिएको छ ।
शिक्षा विकास तथा समन्वय एकाईलाई संबोधन गरिएको पत्रमा भनिएको छ, ‘नेपाल सरकारको नीति र कानुनविपरीत कार्य गरी बालबालिका र अभिभावकलाई अतिरिक्त बोझ दिने, गुणस्तरहीन सामग्री प्रकाशन र वितरण गर्ने, विद्यालयबाटै पोशाक, पाठ्यपुस्तक, स्टेसनरी विक्रीवितरण गर्ने जस्ता कार्यहरू भएरनभएको स्थानीय तहसँग समेत समन्वय तथा अनुगमन गरी कारबाही गर्नुरगराउनु हुन र सोको जानकारी यस केन्द्रमा पठाउनुहुन अनुरोध छ।’

प्रकाशित मिति : मंगलबार, बैशाख ८ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्