महान्यायाधिवक्ता डा कँडेलविरुद्ध तीन वटा रिट दर्ता, सबै रिटमाथिको सुनुवाइ आज

महान्यायाधिवक्ता डा कँडेलविरुद्ध तीन वटा रिट दर्ता, सबै रिटमाथिको सुनुवाइ आज

काठमाण्डौ , महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा तीन वटा रिट निवेदन दायर भएका छन् ।

महान्यायाधिवक्ता डा कँडेलको नियुक्तिविरुद्ध हिजो तीन वटा रिट निवेदन दर्ता भएका हुन् । तीनवटै रिटमाथिको सुनुवाइ आज हुने सर्वोच्च अदालतले जनाएको छ । अधिवक्ताहरू माधव बस्नेत, दीपकराज जोशीलगायतले महान्यायाधिवक्ता डा कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै रिट निवेदन दायर गर्नुभएको हो ।

प्रधानमन्त्री वालेन्द्र शाहले गएको चैत २२ गते डा कँडेललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको थियो । प्रधानमन्त्रीले सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेको व्यक्तिलाई महान्यायाधिवक्ता नियुक्त गर्न सक्ने संवैधानिक व्यवस्था छ ।

महान्यायाधिवक्तामा नियुक्त हुन कम्तीमा १५ वर्ष कानुन व्यवसायी गरेको व्यक्ति हुनुपर्नेमा डा कँडेलको अनुभव नभएको रिट निवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : बिहिबार, बैशाख १० २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij