पोखरा पुगे पूर्व राजा ज्ञानेन्द्र शाह

पोखरा पुगे पूर्व राजा ज्ञानेन्द्र शाह

काठमाडौँ , पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा भ्रमणमा पुगेका छन्। पूर्वराजा शाह आफ्नो व्यक्तिगत भ्रमणको सिलसिलामा शुक्रबार आज पोखरा पुगेका छन् ।

उनलाई स्वागत गर्न पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको बाहिर समर्थकहरूको उल्लेख्य उपस्थिति थियो। स्वागतका लागि उपस्थित भएका समर्थकहरूले राष्ट्रिय झण्डा प्रदर्शन गर्दै पूर्वराजाको पक्षमा जयजयकार गरेका थिए।

उनलाई पञ्चेबाजा र पुष्पगुच्छाले स्थानीयले भव्य स्वागत गरेका छन् । पूर्वराजा शाह पोखरा भ्रमणका क्रममा केही दिन यहाँका विभिन्न धार्मिक स्थलहरूको भ्रमण गर्ने र स्थानीय नागरिक समाजका प्रतिनिधिसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ।

उनको यो भ्रमणलाई विशुद्ध व्यक्तिगत भनिए पनि स्थानीय स्तरमा यसले निकै चर्चा पाएको छ। पोखराको पर्यटन र पछिल्लो राजनीतिक वातावरणबीच पूर्वराजाको आगमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित मिति : शुक्रबार, बैशाख ११ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij