नेपाली नागरिकता त्यागेका १७ डाक्टरको लाइसेन्स खारेज

नेपाली नागरिकता त्यागेका १७ डाक्टरको लाइसेन्स खारेज

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता त्यागेका १७ डाक्टरको लाइसेन्स खारेज गरेको छ ।

शुक्रबार काउन्सिलले नेपाली नागरिकता त्यागी विदेशी नागरिकता लिएका १७ जना डाक्टरको नाम नेपाल मेडिकल काउन्सिलको दर्ता कितावबाट खारेज गरेको जानकारी गराएका छन्।

काउन्सिलले नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २४, नेपाल नागरिकता ऐन २०६३, नेपाल मेडिकल काउन्सिलको निर्णयअनुसार उनीहरुको नाम खारेज गरिएको बताएको छ ।

यसरी नाम खारेज हुनेहरुमा हङकङ नागरिक डा। शर्मिला गुरुङ, अस्ट्रेलियन नागरिक डा. रोशन भुषाल, ब्रिटिस नागरिक डा. मोती गुरुङ, अस्ट्रेलियन नागरिक डा. देवराज रेग्मी, ब्रिटिस नागरिक डा. मेरिना गुरुङ, अमेरिकी नागरिक डा. निरन्जनदेव पाण्डे, ब्रिटिस नागरिक डा. रोजन केसी, ब्रिटिस नागरिक डा. ममता गुरुङ, पोर्चुगाली नागरिक डा. राजीव हमाल, ब्रिटिस नागरिक डा. सलुजासिंह थारु, अमेकिी नागरिक डा सुजना केसी, ब्रिटिस नागरिक डा .जोस्ना शाही, अमेरिकी नागरिक डा. मनिपा हमाल, क्यानेडियन नागरिक डा. सुप्रिया शाक्य, क्यानेडियन नागरिक डा. इच्छा न्यौपाने, अमेरिकी नागरिक डा. दिपेन ढकाल र भारतीय नागरिक डा. तुपार सरवजना रहेका छन् ।

प्रकाशित मिति : शुक्रबार, बैशाख ११ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij