नवलपरासी , सुनवल स्थित लुम्बिनी चिनी उद्योगबाट सृजित प्रदूषण नियन्त्रण सङ्घर्ष समिति संयोजक युवराज ढकालको नेतृत्वमा शुक्रबार बसेको सरोकारवाला संस्था र स्थानीयवासीको संयुक्त बैठकले उद्योगको प्रदूषण नियन्त्रणमा स्थानीय सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको निष्कर्ष निकालेको छ।

बैठकले लामो समयदेखि उद्योगबाट निस्किरहेको प्रदूषणका कारण स्थानीय बासिन्दाको स्वास्थ्य, वातावरण र कृषि प्रणालीमा गम्भीर असर परेको उल्लेख गर्दै तत्काल ठोस कदम चाल्न माग गरेको छ। स्थानीय सरकारको निष्क्रियता प्रति असन्तुष्टि जनाउँदै सहभागीहरूले अब आन्दोलनको विकल्प नरहेको बताएका छन्।

निर्णय अनुसार उद्योगलाई स्थानान्तरण गर्नुपर्ने माग अघि सार्दै तत्काल प्रदूषण नियन्त्रणका लागि दबाब मूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ । सङ्घर्ष समितिले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने र सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने जनाएको छ।

प्रदूषण नियन्त्रणका लागि विगतदेखि नै पटक पटक छलफल भएपछि सुनुवाइ हुन सकेको छैन ।मिलको प्रदूषणले बजार क्षेत्र दुर्गन्धित बनेको छ ।

स्थानीयवासीले उद्योगका कारण वायु र पानी प्रदूषण बढेको, दुर्गन्ध फैलिएको तथा दैनिक जीवन कष्टकर बनेको गुनासो गर्दै दीर्घकालीन समाधानको माग गर्दै उद्योग नै स्थानान्तरण गर्नु पर्ने सर्त अघि सारेका छन् ।

प्रकाशित मिति : शनिबार, बैशाख १२ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij