कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा वर्षा

कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा वर्षा

काठमाण्डौ – अहिले देशका विभिन्न ठाउँमा मेघगर्जन/चट्याङ्गसहित वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान् महाशाखाका अनुसार कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा वर्षा भइरहेको छ ।

प्यूठान, काभ्रे, धनकुटा लगायतका जिल्लामा मध्यम वर्षा भएको छ । पानी पार्ने प्रणाली सक्रिय भइरहेकोले अबको केही दिन वर्षाको राम्रो सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार आज देशको पूर्वी भू–भागतर्फ न्यूनचापीयरेखा सक्रिय भएकोले केही ठाउँमा पानी परेको हो ।

बंगालको खाडीआसपास बनेको यो प्रणालीसँगै पश्चिमबाट प्रवेश गर्ने अर्को सामान्य वर्षा प्रणालीको प्रभावले अबको केही दिनमा काठमाण्डौ उपत्यका लगायत देशका धेरै ठाउँमा वर्षा हुने देखिएको मौसमविज्ञ उज्जवल उपाध्यायले बताउनुभयो ।

उहाँका अनुसार पर्सि मंगलवार र बुधवारसम्म काठमाण्डौ उपत्यका र तराई सहित पूर्वी र मध्य–भूभागमा वर्षाको मात्रा बढ्ने सम्भावना छ । यस वर्षाले केही दिनका लागि गर्मी र वायु प्रदूषण दुवैबाट राहत दिने अपेक्षा छ । मौसमी प्रणाली र हावाहुरीका कारण आज काठमाण्डौ उपत्यकामा हावाको प्रदूषण घटेको छ ।

आज काठमाण्डौमा हावाको गुणस्तर मापन सूचक एक्यूआई एक सय भन्दा तल रहेको छ ।

पश्चिम तराईमा भने गर्मी, डढेलो र वायु प्रदूषण तीनवटै समस्या कायमै रहेका छन् । पश्चिम तराईका केही दिन पानी पर्ने सम्भावना कम रहेकोले सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।

प्रकाशित मिति : शनिबार, बैशाख १२ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij