चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब र आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने प्रक्षेपण

चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब र आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने प्रक्षेपण

 

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ। यससँगै चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने प्रक्षेपण गरिएको छ।

तथ्याङ्क कार्यालयका अनुसार कुल गार्हस्थ्य उत्पादनको आधारमा गरिएको प्रारम्भिक अनुमानअनुसार उपभोक्ताको मूल्यमा मापन गरिएको प्रचलित मूल्यका आधारमा अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँ पुग्ने देखिएको हो ।

यसअघि आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ९९ अर्ब रुपैयाँ रहेको संशोधित अनुमान गरिएको थियो भने आर्थिक वर्ष २०८०/८१ मा यो आकार ५७ खर्ब ६० अर्ब रुपैयाँ रहेको अन्तिम तथ्याङ्क सार्वजनिक गरिएको छ ।

कार्यालयले आर्थिक वर्ष २०८२/८३ को प्रारम्भिक अनुमान तयार गर्दा ६ देखि ८ महिनासम्मका उपलब्ध तथ्याङ्क प्रयोग गरिएको छ भने बाँकी अवधिका लागि तथ्याङ्कीय विधिबाट अनुमान गरिएको हो ।

त्यस्तै स्थिर मूल्यका आधारमा आर्थिक वृद्धिदर मापन गर्दा चालु आर्थिक वर्षमा आधारभूत मूल्यमा ३.६८ प्रतिशत र उपभोक्ताको मूल्यमा ३.८५ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा आधारभूत मूल्यमा आर्थिक वृद्धिदर ३.८० प्रतिशत रहने संशोधित अनुमान गरिएको थियो भने आर्थिक वर्ष २०८०/८१ मा यो ३.३८ प्रतिशत कायम भएको थियो ।

त्यसैगरी उपभोक्ताको मूल्यमा आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८१/८२ मा ४.४३ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ भने आर्थिक वर्ष २०८०/८१ मा ३.६८ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गतिविधिबाट उत्पादन भएका वस्तु तथा सेवाको प्रवाह, आय, उपभोग, बचत तथा संस्थागत कारोबारको मापन गरी राष्ट्रिय लेखा प्रणालीमार्फत कुल गार्हस्थ्य उत्पादनको अनुमान गर्दै आएको छ ।

प्रकाशित मिति : मंगलबार, बैशाख १५ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij