बुटवल । रुपन्देही प्रहरीले बुटवलबाट ठूलो परिमाणमा हुक्काको भेप सहित १ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलिले बुटवल उपमहानगरपालिका-११ कालिकानगरबाट ४३ लाख बढीको हुक्काको भेप सहित १ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका-११ कालिका नगर बस्दै आएका ३५ वर्षीय पिङ्कु जयसवाल रहेका छन् । जयसवालले भाडामा लिएर भण्डारण गरेको गोदामबाट भेप सहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बरामद भएको सामानहरुमा हुक्काको भेप १५७ थान, हुक्कामा प्रयोग हुने कोईला, ९ हजार ४२२ थान, हुक्कामा प्रयोग हुने फ्लेवर ५५२ थान, हुक्का सेट १९० थान, हुक्का बेस ३३ थान, हुक्काको एअर बलर ४५ थान, हुक्काको पाईप ६०० थान रहेको छ ।त्यसैगरि प्रहरीले हुक्का प्लाउट १०० थान, हुक्का चिलिम ७०० थान र हुक्का हिटर २२ थान बरामद गरेको छ ।
पक्राउ परेका जयसवाललाई बरामद सामानसहित थप अनुसन्धान तथा कारवाहीका लागि भैरहवा भन्सार कार्यालयमा पठाइएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।
प्रकाशित मिति : सोमबार, बैशाख २१ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्