एकल महिला विधवा ले अर्को विवाह गरेमा पूर्व श्रीमानबाट पाएको सम्पत्ति फिर्ता गर्ननपर्ने

एकल महिला विधवा ले अर्को विवाह गरेमा पूर्व श्रीमानबाट पाएको सम्पत्ति फिर्ता गर्ननपर्ने

काठमाण्डौ , सर्वोच्च अदालतले एकल महिला विधवा ले अर्को विवाह गरेमा पूर्व श्रीमानबाट पाएको सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज गरेको छ ।

कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाँल, डा मनोजकुमार शर्मा, डा नहकुल सुवेदीको संवैधानिक इजलासले मुलुकी देवानी संहिता ऐन, २०७४ को दफा २१४९२० मा भएको व्यवस्था खारेज गरेको हो ।

मुलुकी देवानी संहिता, २०७४ को दफा २१४९२० मा ‘विधवाले अर्को विवाह गरेमा निजले अंश बापत पाएको सम्पत्ति त्यस्तो विधवाको अघिल्लो पति तर्फका छोराछोरी भएमा त्यस्ता छोराछोरीले र नभएमा निज आफैँले लिन पाउने’ व्यवस्था रहेको छ ।

महिला कानुन र विकास मञ्च र आफ्नो तर्फबाट वरिष्ठ अधिवक्ता मीरा ढुङ्गानाले नेपालको संविधानमा भएको समानताको हक प्रतिकूल भएको उल्लेख गर्दै दायर गरेको रिट निवेदनमाथि हिजो सुनुवाइ गर्दै सर्वोच्च अदालतले व्यवस्था खारेज गरेको हो ।

प्रकाशित मिति : मंगलबार, बैशाख २२ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij