काठमाडौँ , वैशाख महिनाको २२ दिनमा विपद्जन्य घटनामा परेर ४१ जनाले ज्यान गुमाएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि हालसम्म विभिन्न प्रकृतिका आठ सय ६८ वटा विपद्का घटनामा परेर ४१ जनाको मृत्यु भएको हो।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार ती घटनामा दुई सय चार जना घाइते भएका र एक हजार १०९ परिवार प्रभावित भएका छन्। सबैभन्दा बढी चट्याङबाट १२ जनाको ज्यान गएको छ।
यस्तै, आगलागीबाट आठ, हुरीबतासका कारण छ, लेक लागेर पाँच, जनावरको आक्रमणबाट तीन, सर्पदंश, डुङ्गा पल्टिँदा र पहिरोबाट दुईरदुई जना र वन डढेलोबाट एक जनाको मृत्यु भएको हो।
२२ दिनमा सबैभन्दा बढी आगलागीका तीन सय चार वटा घटना भएका छन् भने चट्याङका एक सय पाँच, हुरीका एक सय ६१, वन डढेलोका एक सय ३० घटना भएका छन्।
प्राधिकरणले आज सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा मात्रै विपद्जन्य घटनामा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। ९२ जनाको उद्धार गरिएको छ।
हाल प्रिमनसुनको समयमा पनि विपद्का घटना भइरहेको र मौसम बदली कायम रहेकाले आवश्यक सतर्कता अपनाउन प्राधिकरणले सबैमा अपिल गरेको छ।
यस्तै, पूर्वतयारीका योजना बनाएर आवश्यक तयारीमा रहन पनि सबैमा अनुरोध गरिएको छ।
प्रकाशित मिति : बुधबार, बैशाख २३ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्