भैरहवाको रोयल कालिङ्गा क्यासिनोबाट १९ जना नेपाली पक्राउ 

भैरहवाको रोयल कालिङ्गा क्यासिनोबाट १९ जना नेपाली पक्राउ 

बुटवल , रुपन्देही प्रहरीले गए राति भैरहवा स्थीत रोयल कालिङ्गा क्यासिनोमा छापा मारेर १९ जना नेपाली युवालाई नियन्त्रणमा लिएको छ।

नेपाली युवाको ठुलो सङ्ख्या क्यासिनो मा प्रवेश गरी जुवा खेल्ने क्रम बढ्दै गएको सूचनाका आधारमा प्रहरीले आकस्मिक छापा कारबाही गरेको हो। छापा मार्ने क्रममा क्यासिनो भित्र जुवा खेलिरहेका १९ जना नेपालीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। यस अघिपनि प्रहरीले सिएमजी क्यासिनोमा छापा मारेर ६ जनालाई नियन्त्रणमा लिएको थियो।

भैरहवास्थित गौतमबुद्ध इन्टरनेसनल होटलमा भैरहवा विमानस्थलबाट केही दुरीमा रहेको संचालित रोयल कालिङ्गा क्यासिनोमा प्रहरीले छापा मारेर क्यासिनोको म्यानेजरसहित १९ जना नेपाली नागरिकहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका–१० स्थित रहेको उक्त क्यासिनोमा चेकजाँच गर्दा जुवा खेल्ने र खेलाउने कार्यमा संग्लन १९ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। केही महिना अघि संचालनमा आएको उक्त क्यासिनोमा नेपाली नागरिकको सहज प्रवेशसँगै क्यासिनो खेल्दै आएको गुनासो थियो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी कृष्णकुमार चन्दका अनुसार, मंगलबार राती क्यासिनोमा जुवा खेलाउने कार्यमा ४ जना र खेल्ने १५ जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ परेकाहरुका साथबाट ९५ हजार ५ सय नेपाली रुपैयाँ, मोबाइल १७ थान, क्यासिनो क्वाइन २०० थान बरामद भएको उनले बताए।

पक्राउ पर्नेमा रुपन्देही जिल्लाका १५ जना, काठमाडौं, ललितपुर, गुल्मी, पर्साका एक एक जना रहेका छन्। पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

क्यासिनोमा जुवा खेलाउने कार्यमा पक्राउ परेकाहरु : 

१० जिल्ला रुपन्देही सिद्धर्थनगर नगरपालिका वडा नं ०६ गल्लामण्डी बस्ने वर्ष २२ को अभय कुमार गुप्ता ।

२० जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं २ बस्ने वर्ष २६ को सुशान्त अधिकारी ।

३० जिल्ला रुपन्देही ओमसतिया गा पा वडा नं ०२ बस्ने वर्ष २९ को निक्षेद नेपाल ।

४० जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं १३ बस्ने वर्ष २८ को संजय शाक्य ।

क्यासिनोमा जुवा खेल्ने कार्यमा पक्राउ परेकाहरुको बिबरण:

१० जिल्ला काठमाण्डौ चन्द्रागिरी नगरपालिका वडा नं १३ बस्ने बर्ष ५० को जिवन थापा ।

२० जिल्ला रुपन्देही देवदह नगरपालिका वडा नं ५ खैरनी बस्ने बर्ष ३२ को अकाश गुप्ता ।

३० जिल्ला रुपन्देही देवदह नगरपालिका वडा नं ५ खैरनी बस्ने बर्ष ३३ को सुनारी मगर ।

४० जिल्ला गुल्मी रेसुङ्गा नगरपालिका वडा नं ६ बस्ने बर्ष ४२ को नेत्र पोख्रेल ।

५० जिल्ला रुपन्देही कोटहीमाई गाँउपालिका वडा नं ३ बस्ने बर्ष २९ को अब्दुल कलाम जोलहा ।

६० जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं ९ बस्ने बर्ष ५८ को अभिषेक शर्मा ।

७० जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं १५ बस्ने बर्ष ४४ को शिव पाण्डे ।

८० जिल्ला ललितपुर ललितपुर महानगरपालिका वडा नं ५ बस्ने बर्ष ५० को बाबुराजा महर्जन ।

९० जिल्ला रुपन्देही सैनामैना नगरपालिका वडा नं ४ बस्ने बर्ष ३४ को रोहन बि।क। भन्ने तिल बहादुर बिक ।

१०० जिल्ला पर्सा विरगंज महानगरपालिका वडा नं ७ बस्ने बर्ष ४४ को जंग कुमार अग्रवाल ।

११० जिल्ला रुपन्देही मायादेवी गाँउपालिका वडा नं ५ बस्ने बर्ष २८ को निरज गुप्ता ।

१२० जिल्ला रुपन्देही मायादेवी गाँउपालिका वडा नं ५ बस्ने बर्ष २१ को सुरज जयसवाल ।

१३० जिल्ला रुपन्देही मायादेवी गाँउपालिका वडा नं ५ बस्ने बर्ष १८ को रमेश यादव ।

१४० जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं ६ बस्ने बर्ष ३८ को निर्मल बस्याल ।

१५० जिल्ला रुपन्देही सैनामैना नगरपालिका वडा नं। ४ बस्ने बर्ष ३० को भरत थापा ।

प्रकाशित मिति : बुधबार, बैशाख २३ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij