आजको मौसमः कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा वर्षाको सम्भावना

आजको मौसमः कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा वर्षाको सम्भावना

काठमाण्डौ – पूर्वका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । आज बिहान र गए राति बाग्मती प्रदेशदेखि पूर्वका क्षेत्रमा पानी परेको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै इलामको कन्याम जल मापन केन्द्रमा झण्डै ५३ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै सुनसरी, संखुवासभा, पाँचथर, ताप्लेजुङ, सिन्धुपाञ्चोक, काभ्रे, मकवानपुर, दोलखा, सिन्धुली, नुवाकोटलगायतका ठाउँमा पनि पानी परेको छ । काठमाण्डौ उपत्यकामा पनि हल्का वर्षा भएको छ ।

यसैबीच आज दिउँसो बागमतीसहित कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । उच्च क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । अहिले वर्षा गराउने पूर्वतिर केन्द्रित छ ।

यो हप्ताभर नै पानी पार्ने प्रणाली सक्रिय रहने मौसमविद्ले बताएका छन् । प्रि-मनसुनमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीजस्ता गतिविधि हुने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : बुधबार, बैशाख २३ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij