बुटवल , लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एचआइभी संक्रमित ४३ जना गर्भवतीबाट संक्रणम नभएका बच्चा जन्मिएका छन् । संक्रमित ४३ आमाबाट जन्मिएका सबै बच्चा स्वस्थ जन्मिएका हुन् ।
एड्स हेल्थकेयर फाउण्डेसन ९एएचएफ० नेपाल लुम्बिनी प्रदेशका संयोजक धर्मराज भट्टराईका अनुसार आमाको उपचारमा विशेष ख्याल र बच्चा जन्माउन विशेष ध्यान दिइएपछि बच्चामा संक्रमण नदेखिएको हो । गर्भवती आमालाई सुरक्षित र छुट्टै स्थानमा राखेर सेवा प्रदान गर्नुका साथै उनीहरुको स्वास्थ्यमा विशेष ध्यान दिएपछि स्वस्थ शिशुलाई जन्म गराउन सफल भएको उनले बताए । यश पद्दतीमा सङ्क्रमित गर्भवती महिलालाई एन्टी रेक्टो भाइरल ट्रिटमेन्ट ९एआरटी० औषधि नियमित खुवाइन्छ । त्यसले गर्भवती आमाबाट बच्चामा एचआइभी सार्न रोक्छ । यसैगरी बच्चा जन्मेपछि प्रोफाइल लेसिस नामक झोल ६ हप्तासम्म खुवाइने उनले बताए ।
एचआइभी संक्रमितको उपचारमा लुम्बिनी प्रादेशिक अस्पताल काठमाडौंको टेकुपछिको राम्रो मानिन्छ । लुम्बिनी प्रादेशिक अस्पतालबाट एचआइभी संक्रमित १ हजार ७०५ जनाले नियमित सेवा लिँदै आएका छन् । जसमध्ये ८५३ पुरुष, ७७९ महिला, १८ जना अन्य र ५६ जना बच्चा रहेका भट्टराईको भनाइ छ ।
एएचएफ नेपालले जोखिमपूर्ण क्षेत्र मानिने सेक्स वर्कर, लागु औषध प्रयोगकर्ता र कैदी बन्दीमा टेस्ट गर्दै आएको छ । एएचएफको रणनीतिक लक्ष्य अनुसार एचआइभी संक्रमण रोकथामको लागि किशोरी र युवाहरुका लागि कण्डम समेत वितरण गर्दै आइरहेको प्रादेशिक अस्पतालका फोकल पर्सन भीमप्रसाद ज्ञवालीले जानकारी दिए ।
एएचएफ नेपालले बुधबार बुटवलमा पत्रकारसँग अन्तरक्रिया गर्दै सेवालाई थप प्रभावकारी बनाउन संक्रमितहरुको बायोमेट्रिक रेकर्ड सिस्टम लागू गर्ने तयारीमा रहेको ज्ञवालीले बताए । यो विधि लागू गरेपछि उनीहरुले जुनसुकै स्थानबाट औषधि तथा स्वास्थ्य सेवा लिनु परेमा बायोमेट्रिकबाट सम्पूर्ण विवरण चिकित्सकले प्राप्त गरि सेवा दिन सहज हुनेछ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ, रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले एचआइभी संक्रमण र रोकथामको लागि मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
प्रकाशित मिति : बिहिबार, बैशाख २४ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्