पंचकन्या रूपन्देही सुपरलिगः देवदहले बुटवललाई हरायो

पंचकन्या रूपन्देही सुपरलिगः देवदहले बुटवललाई हरायो

भैरहवा, रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको बिहीबारको खेलमा देवदह क्रिकेट युनिटले बुटवल राइनोजलाई हराएको छ । देवदहले बुटवललाई ४३ रनले सहजै पराजित गरेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको देवदहले मौसमका कारण २५ ओभरमा छोट्याइएको खेलमा २३ ओभर ४ बल खेल्दै सबै विकेट गुमाएर १ सय ३६ रन जोड्यो । उसका लागि सुमन पाण्डेले ७४ रनको अर्धशतकीय पारी खेल्दा सन्देश पन्थीले १६ रन बनाए । बलिङमा बुटवल राइनोजका नितिन त्रिपाठीले ३, शिव कुँवरले २ तथा सुमित थापा, प्रमिस पुन र हार्दिक बरईले १–१ विकेट लिए ।

बुटवल राइनोज २३ ओभर २ बलमा अलआउट हुँदै जम्मा ९३ रन बनायो र हार बेहोर्यो । उसका लागि सुरज सारुले ३७, नितिन त्रिपाठीले ११ तथा सनित श्रेष्ठ र हार्दिक बरईले समान १०–१० रन बनाए पनि अन्य ब्याटर नचल्दा टीमले हार भोग्यो । बलिङमा देवदहका शशिधर टण्डनले ४, सन्देश पन्थीले ३, कृष्ण पराजुलीले २ तथा सुदीप अर्यालले १ विकेट लिए । खेलमा सुमन पाण्डे प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको विजेता टिमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले बताए ।

प्रतियोगितामा माउण्ट एभरेष्ट कत्था मिलले विजेता र विके ज्वेलर्सले उपविजेता पुरस्कारको प्रायोजन गरेका छन् । यसैगरी सिद्धार्थ उद्योग बाणिज्य संघ, होटल स्टार होलिडे, स्थानीय खेलप्रेमी रविकुमार रौनियार, प्रतीक ट्रेड लिंक र स्थानीय व्यवसायी अमितकुमार गुप्ताले पनि प्रतियोगितालाई प्रायोजन गरेका छन् ।

प्रकाशित मिति : बिहिबार, बैशाख २४ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij