बुटवलमा दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता-२०८३ शुरु

बुटवलमा दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता-२०८३ शुरु

बुटवल ,  बुटवलमा दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता-२०८३ शनिवारबाट सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन ट्रिनिटी क्लब, बालिङ विजयी भएको छ ।

ट्रिनिटीले पद्या स्पोर्ट्स क्लब, ओखलढुङ्गालाई १-० गोलले पराजित गरेको हो । सिद्धेश्वर खेलमैदानमा भएको खेलमा बालिङले पहिलो हाफमा गरेको गोल नै निर्णाक गोल बन्न पुग्यो । खेल सुरु भएको छैटौं मिनेटमा ७ नम्बर जर्सीकी भूमिका बुढाथोकिले सो गोल गरेकी थिइन । जर्सी नं १४ कि दिक्षा रनपालले डिबक्सको दाया कर्नरबाट निकालेको बललाई भूमिकाले वान टचमा गोल गरेकी हुन ।

निकै प्रतिष्पर्धात्मक बनेको पहिलो हाफको २० औं मिनेटमा पद्मा क्लबले पेनाल्टी प्राप्त गरेकोमा जर्सी नंं १८ कि पोषणी बोहोराले गोल गर्न असफल भइन । खेलमा पद्मा कलबले पोष्ट आक्रमण निकै गरेको भएपनि ट्रिनिटी क्लबकि गोलकिपर सावित्री किसानले वचाउ गरे गर्न सफल भइन । खेलमा ट्रिनिटीकि गोल रक्षक सावित्रि किशान प्लेर अफ द म्याच हुँदै नगद ५ हजार प्राप्त गरिन ।

आइतवार आयोजक बिस पचहत्तर युवा क्लब बुटवल र अभिषेक चर्च नवलपुरका बीच हुने सचिव दिपक गुरुङले जनाएका छन् । बीस पचहत्तर युवा परिवारको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले एक समारोहका बीच गरेका थिए । प्रतियोगिताको पुरस्कार राशीमा यस वर्ष वृद्धि गरिएको छ । प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त र दोस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँ तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपैयाँ प्रदान गरिनेछ भने प्रत्येक खेलको प्लेअर अफ दि म्याच हुने खेलाडीले ५ हजार नगन पाउने छ । प्रतियोगिता हेर्न आउने दर्शकका लागि करिब ३ हजार क्षमता भएको अस्थायी प्याराफिट निर्माण गरिएको छ ।

जेठ २ गतेसम्म चल्ने प्रतियोगितामा ८ टोली सहभागी रहेको छ । प्रतियोगितामा गत वर्षको विजेता ट्रिनेटी युवा क्लब वालिङ, उपविजेता राइजिङ स्टार क्लब कपिलवस्तु, पद्मा स्पोट्र्स क्लब ओखलढुंगा, आरएस क्लब पोखरा, नेपाल पुलिस क्लब काठमाडौं, संकटा क्लब काठमाडौं, मकवानपुर फुटबल एकेडेमी हेटौडा र आयोजक बीस पचहत्तर युवा क्लबले सहभागी रहेका छन् ।

प्रकाशित मिति : शनिबार, बैशाख २६ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij