पंचकन्या रूपन्देही सुपरलिगः वेष्टर्न क्रिकेट क्लब विजयी

पंचकन्या रूपन्देही सुपरलिगः वेष्टर्न क्रिकेट क्लब विजयी

भैरहवा,रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको सोमबारको खेलमा वेष्टर्न क्रिकेट क्लब विजयी भएको छ । उसले बुद्ध क्रिकेट क्लबलाई ९ विकेटले हराउँदै सहज जित निकालेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको बुद्धले निर्धारित ५० ओभरको खेलमा २६ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर जम्मा ७७ रन बनायो । उसलाई सस्तैमा रोक्न वेष्टर्नका अभिषेश गौतमले ४, सुझाव थापाले ३ तथा सन्देश थापा र कलम मुसलमानले १–१ विकेट लिए । बुद्धका मिथलेश यादव र दिलसाद अलीले १५–१५ तथा गौतम केसीले १० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

जवाफी ब्याटिङ गरेको वेष्टर्नले ८ ओभर ४ बलमा १ विकेटको नोक्सानीमा ७९ रन बनाउँदै सहजै जित हात पार्यो । उसका लागि प्रज्जवल थापाले अविजित ४७ र रन्जित खड्काले नटआउट २८ रन बनाए । बुद्धका विपिन शर्माले १ विकेट लिए । खेलमा अभिशेष गौतम प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको विजेता टिमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

प्रतियोगितामा माउण्ट एभरेष्ट कत्था मिलले विजेता र विके ज्वेलर्सले उपविजेता पुरस्कारको प्रायोजन गरेका छन् । यसैगरी सिद्धार्थ उद्योग बाणिज्य संघ, होटल स्टार होलिडे, स्थानीय खेलप्रेमी रविकुमार रौनियार, प्रतीक ट्रेड लिंक र स्थानीय व्यवसायी अमितकुमार गुप्ताले पनि प्रतियोगितालाई प्रायोजन गरेका छन ।

प्रकाशित मिति : सोमबार, बैशाख २८ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij