काठमाडौँ । श्रम संकृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा जवाफ दिनुपर्ने बताएका छन्
मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साम्पाङले सांसदहरूले उठाएका प्रश्नहरूको प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने भन्दै प्रश्न उठाएका छन् ।
उनले भने- ‘यो सरकारको प्रधानमन्त्री हुनुहुन्छ कि हुनुहुन्न ? छ भने उहाँले सदनलाई सम्बोधन गर्नुपर्छ कि पर्दैन ? सांसदहरूले उठाएका प्रश्नको जबाफ नदिनु भनेको जनताका प्रश्नको उत्तर नदिनु हो ।’
उनले अहिले जनता सरकारसँग डराएर बाँच्नुपर्ने अवस्था आएको भन्दै लोकतन्त्र यहि हो त ? भन्दै प्रश्न गरेका छन् । उनले बैठकमा सांसदहरूको उपस्थिति र खाली देखिएका कुर्सी बारे पनि प्रश्न उठाउदै उनले सभामुखको समेत ध्यानाकर्षण गराएका थिए ।
साम्पाङले सरकारले नीति तथा कार्यक्रम ल्याउदा विपक्षी दलहरुसँग छलफल नगरेको भन्दै आलोचना गर्दै इमान्दार नभएसम्म र नियत ठिक ठाउमा नआएसम्म जस्तो नीति ल्याएपनि केहि नहुने बताए ।
प्रकाशित मिति : मंगलबार, बैशाख २९ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्