काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा उपस्थित नभएपछि उत्पन्न अवरोधका कारण बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री अनुपस्थित रहेको भन्दै विपक्षी दलहरूले विरोध जनाएका थिए। त्यसपछि उनीहरूले सदन अवरुद्ध गरेका हुन्
सदनमा लगातार अवरोध भएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरे
विपक्षी दलहरूले नीति तथा कार्यक्रममाथिको छलफल र त्यससम्बन्धी प्रस्तावमा प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने माग गरेका छन्।
प्रकाशित मिति : बुधबार, बैशाख ३० २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्