प्रधानन्यायाधीश सिफारिश विवादसम्बन्धी रिट दर्ता गर्न कायममुकायम प्रधानन्यायाधीशको आदेश

प्रधानन्यायाधीश सिफारिश विवादसम्बन्धी रिट दर्ता गर्न कायममुकायम प्रधानन्यायाधीशको आदेश

 

काठमाण्डाै – कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधान्यायाधीश सिफारिशमा वरिष्ठता मिचेको दाबी गरिएको रिटको दरपीठविरुद्धको निवेदन दर्ता गर्न आदेश दिनुभएको छ ।

रिट निवेदक प्रेम सिलवालले आज बिहान मल्ललाई भेटेर इजलाशमा पेश हुने निवेदनसमेत नभएको भनी उजुरी दिएपछि उहाँले सर्वोच्च प्रशासनलाई आदेश दिनुभएको हो ।

गएको वैशाख २५ गते संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिश गर्दा वरिष्ठताका आधारमा नगरी चौथो नम्बरमा रहेका मनोजकुमार शर्मालाई सिफारिश गरिएपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता सिलवाललगायतले सर्वोच्चमा रिट पेश गर्नुभएको थियो । त्यो रिट सर्वोच्चका रजिस्ट्रारबाट रिट दर्ता गर्न अस्वीकार गरी दरपीठ गरिएको थियो ।

अधिवक्ता सिलवाल दरपीठविरुद्ध वैशाख २८ गते इजालससमक्ष निवेदन लिएर पुग्नुभएकोमा सर्वोच्च अदातलको निवेदन केही समयमा दर्ता हुने भन्दै रोकेको थियो । कायममुकायम प्रधानमन्याधीश मल्लको आदेशपछि निवेदन दर्ताको प्रक्रियामा गएको सर्वोच्च प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : सोमबार, जेष्ठ ४ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij