सरकारलाई संसद्प्रति जवाफदेही बनाउन निलम्बित हुन पनि तयार छौँ : हर्क साम्पाङ

सरकारलाई संसद्प्रति जवाफदेही बनाउन निलम्बित हुन पनि तयार छौँ : हर्क साम्पाङ

 

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई सदनप्रति जवाफदेही बनाउन आफूहरू निलम्बित हुन पनि तयार रहेको टिप्पणी गरेका छन् ।

बुधबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष साम्पाङले सरकारलाई सदनप्रति जवाफदेही बनाउन आफूहरूको विरोध आगामी दिनमा पनि निरन्तर हुने बताए । विरोध गरेकै कारण आफूहरू निलम्बन हुन पनि तयार रहेको बताए ।

सरकारलाई प्रश्न गर्न नदिने गरी सभामुखले रुलिङ गरेको उनको आरोप छ । आफूहरूले त्यसको पनि विरोध गरेको उनको भनाइ छ । सार्वभौम संसद् र संसद्को विधि–विधानका लागि निलम्बन हुन तयार रहेको उनको भनाइ छ ।

सुकुम्वासी, लिपुलेक, विदेशी ऋणलगायत आफूहरूका धेरै प्रश्नको जवाफ नआएकाले विरोध जनाउनुपरेको उनले बताए । सरकारले जनताको प्रश्नको उत्तर नदिएको भन्दै त्यसको मूल्यांकन जनताले गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : बुधबार, जेष्ठ ६ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij